मैदानमा खेलाडी, सत्तामा बालेनको ‘इनिङ’

मैदानमा खेलाडी, सत्तामा बालेनको ‘इनिङ’
सुन्नुहोस्

 सिमरा : वीरगन्ज र जनकपुरको क्रिकेट मैदानमा सात दिनदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जारी छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) को महत्वपूर्ण प्रतियोगितामध्येको एक हो, प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता। सन् २०१७ देखि सुरु भएको यस प्रतियोगिताको यो आठौं संस्करण हो। आठौं संस्करणको इतिहास रच्दै गर्दा यो प्रतियोगिताले शुक्रबार अर्को एउटा ऐतिहासिक अवसरको साक्षी बन्ने मौका प्राप्त गरेको छ। 

प्रतियोगिताअन्तर्गत शुक्रबार वीरगन्जमा कोशी र सुदूरपश्चिमबीच तथा जनकपुरमा मधेस प्रदेश र लुम्बिनीबीच खेल भइरहेको थियो। खेलअन्तर्गत पहिलो इनिङ सुरु हुँदा देशमा सुशिला कार्की प्रधानमन्त्री थिइन्। तर, खेल सकिँदा देशले र प्रतियोगिताको ‘टाइटल’ले नयाँ प्रधानमन्त्री प्राप्त गरिसकेको थियो। अर्थात खेलाडीले मैदानमा आफ्नो दोस्रो ‘इनिङ’ सुरु गर्नै लाग्दा राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नयाँ ‘इनिङ’ सुरु भइरहेको थियो। शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको शपथ लिइरहेका थिए। 

अर्को रोचक प्रसंग बालेन प्रधानमन्त्री भइसक्दा वीरगन्जको मैदानमा सुदूरपश्चिम र जनकपुरको मैदानमा मधेस प्रदेशले जित हात पारेको थियो। चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेर ‘सुदूर अब दुर नही, झिक्कै झिक्कै माया तम्लाई’ भनेर थप चर्चा कमाएका बालेनले प्रधानमन्त्रीको सपथ लिइरहँदा त्यही सुदूरपश्चिमले मधेसमा खेल जितिरहेको थियो। जुन मधेसले पहिलो पटक बालेनलाई प्रधानमन्त्रीका रुपमा प्राप्त गरिरहेको थियो। 

बालेन मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनको पुख्र्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिका–२ मा पर्छ। बालेन प्रधानमन्त्री भएको खुसियालीमा एकडाराका स्थानीयले लड्डु वितरण गर्दै खुसी साटासाट गरेका थिए। मधेसका अन्य जिल्लामा पनि शुक्रबार साँझ दीप प्रज्ज्वलन गरिएको थियो। 

उत्साहजनक मत र ठूलो अपेक्षासहित बालेन प्रधानमन्त्री बन्दै गर्दा नेपाली क्रिकेटको आशा पनि जागेको छ। बालेन खेलकुदमा रुची राख्ने गर्छन्। उनी नेपाल र भारतबीचको एसिया कप क्रिकेट हेर्न २०८० भदौमा श्रीलंकासमेत पुगेका थिए। त्यति मात्रै होइन्, उनले नेपालको खेलमा चासो देखाइरहेका हुन्छन्।  त्यसो त उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समानुपातिक सूचीमा राख्दा बालेनले ‘क्रिकेटदेखि सदनसम्म’ भनेर लामो स्टाटस फेसबुकमा राखेका थिए। खेलकुदमा रुची राख्ने भएका कारण उनी प्रधानमन्त्री हुँदा खेलकुद क्षेत्रमा क्रियाशील व्यक्तिहरूले समेत ठूलो आशा राखेका छन्। 

‘हामीले खेलकुदलाई माया गर्ने प्रधानमन्त्री पाएका छौं। यो खुसीको कुरा हो’, नेपाल क्रिकेट संघ मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले भने, ‘आशा छ नेपाली खेलकुदलाई उहाँले थप उँचाइमा पुर्‍याउनुहुनेछ।’ जयसवालले प्रधानमन्त्री कप क्रिकेट चलिरहेकै बेला प्रधानमन्त्री फेरिनु संयोग भएको बताए। नयाँ प्रधानमन्त्री आएसँगै प्रतियोगिता र खेलाडीमा समेत उर्जा थपिनेमा आफू विश्वस्त रहेको जयसवालले बताए। चैत ७ गते सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ।

क्यानले यसपटक प्रतियोगिताका ४६ खेलमध्ये ३६ वटा खेल मधेसका रंगशालामा आयोजना गरिरहेको छ। वीरगन्जको नारायणी रंगशालामा फाइनलसहित १९ खेल, जनकपुरस्थित रामजानकी रंगशालामा उद्घाटनसहित १७ खेल, काठमाडौंस्थित माथिल्लो मूलपानीमा पाँच खेल र तल्लो मूलपानी मैदानमा पाँच खेल हुँदैछ। वैशाख ४ गते हुने फाइनलको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.