पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समिरमान सिंह
तानसेन : पाल्पा उद्योग वाणिज्य संघको चैत्र १४ भएको निर्वाचनमा समिरमान सिंह निर्वाचित भएका छन् । सिंहले निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । नव निर्वाचित अध्यक्ष सिंहले ५७९ मत ल्याए भने उपविजेता भट्टराईले ५११ मत पाएका हुन् ।
यसै गरी वाणिज्य उपाध्यक्ष रञ्जना थापा अर्याल विजयी भएकी छन् । थापाले ५३१ मत प्राप्त गरेकी थिइन् भने प्रतिष्पर्धी सुरेन्द्रमान कर्माचार्यले ३३६ मत प्राप्त गरेका थिए । उद्योग उपाध्यक्षमा मुक्तिराम जिसी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रगत सदस्यहरुमा क्षेत्र नं. २ बाट संजयकुमार श्रेष्ठ र विष्णुबहादुर पछाई निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्र नं. ३ बाट यसै गरी क्षेत्र नं. ३ मा दुई पदको लागि विनोद नेपाल, विश्व केसी, क्षेत्र नं. ४ बाट नारायण न्यौपाने र नारायणबहादुर पछाई निर्वाचित भएका छन् भने क्षेत्र नं. ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य निर्विरोध निर्वाचित भए ।
यसैगरी सदस्यहरुमा क्षेत्र नं. ६ बाट लक्ष्मणप्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र नं. ७ बाट विन मल्ल, मोहनबहादुर कुवँर निर्वाचित भए भने क्षेत्र नं. ८ बाट रमेश राज बज्राचार्य, क्षेत्र नं. ९ बाट निराकार श्रेष्ठ निर्विरोध निर्वाचित भए । क्षेत्र नं. १० बाट विदुर घिमिरे र सुरेश गोदार, क्षेत्र नंं ११ बाट दुई सदस्यको लागि कमलप्रसाद पाण्डे, जीवन पाण्डे, निवाचित भएका छन् ।
यो क्षेत्रमा जीवन पाण्डे र सन्तोष श्रेष्ठको मत बराबर आएपछि गोथाप्रथा गरी जीवन पाण्डेलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत टंकप्रसाद पन्थले बताए । यसैगरी पाल्पा उवासंघको कार्यसमिति सदस्यमा क्षेत्र नं. १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र नं. १३ बाट समत मियाँ र एशोसिएट सदस्यमा दामोदर गैरे निर्विरोध निर्वाचित भएका हुन् । पाल्पा उद्योग वाणिज्य संघमा १ हजार २ सय ९३ मतदाता रहेकोमा १ हजार १ सय १२ मत खसेको थियो । अध्यक्ष दुबै उम्मेदवारले प्यानल नै खडा गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !