प्रधानमन्त्री कप क्रिकेट : मधेसविरुद्ध कर्णालीको खराब सुरुवात

प्रधानमन्त्री कप क्रिकेट : मधेसविरुद्ध कर्णालीको खराब सुरुवात
सुन्नुहोस्

वीरगन्ज :  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले मधेस प्रदेशविरुद्ध ब्याटिङ सुरु गरेको छ। जनकपुरस्थित रामजानकी मैदानमा टस जितेर कर्णालीले ब्याटिङ रोजेको हो ।

खराब सुरुवात गरेको कर्णालीले चार ओभरमा दुई विकेट गुमाएर १५ रन जोडेको छ । कर्णालीका सुनिल धमला एक र अरविन्द घर्ती शून्यमा आउट भएका छन् । मधेसका दुबै सफलता बलर विशाल पटेलले दिलाएका हुन् । 

मधेस अनिल साह र कर्णाली दिवन पुनको कप्तानीमा रहेको छ ।जारी प्रतियोगितामा मधेस प्रदेश अपराजित रहेको छ । अंकतालिकाको शीर्ष ३ मा रहेको मधेसले तीन खेलमा दुई जित हात पारेको छ भने एक खेल नतिजाविहिन भएपछी अंक बाँडेको थियो ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेल वर्षाका कारण रोकिएपछि कोशीसंग अंक बाँडेको मधेसले दोस्रो खेलमा सुदूरपश्चिममाथि पाँच विकेट र तेस्रो खेलमा लुम्बिनीलाई २५ रनले पराजित गरेको थियो ।

यता तालिकाको छैठौं स्थानमा रहेको कर्णालीको भने तीन अंक छ। कर्णालीले हालसम्म खेलेका तीन खेलमा एक  जीत र एक हारको सामना गरेको छ भने एक खेलमा अंक बाँडेको थियो ।

वर्षाका कारण पहिलो खेलमा लुम्बिनीसंग अंक बाँडेको कर्णालीले दोस्रो खेलमा सुदूरपश्चिमसंग चार विकेटको पराजय बेहोरेको थियो । यसैगरी तेस्रो खेलमा कर्णालीले कोशीलाई १६ रनले हराएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.