सुदूरपश्चिमले लुम्बिनीलाई दियो १६९ रनको लक्ष्य

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १६९ रनको लक्ष्य
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको हो ।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, खड्क बोहोरा र सौर्य श्रेष्ठले समान १०–१० रन बनाए ।लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिए भने सन्देश थापाले एक विकेट हात पारे ।

सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउन लुम्बिनीका ओपनर आकाश त्रिपाठी र रञ्जित खड्का मैदानमा उत्रिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.