कुलोमा लडेर वृद्धको मृत्यु
नुवाकोट : नुवाकोटको शिवपुरीमा खेतमा पानी लगाउने कुलोमा लडेर स्थानीय एक वृद्धको ज्यान गएको छ । शिवपुरी गाँउपालिका - ८ सत्तरीमा ६० वर्षीय रामशरण गिरी खेतको कुलोमा लडेर सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खेतमा पानी लगाउने ठूलो कुलोमा डुबेर मृत्यु भएको अवस्थामा गिरीको शव फेला परेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेर घटनास्थल लासजाँच मुचुल्का संकलन गरिएको छ । शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल नुवाकोटमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !