एसईईमा पर्साबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुँदै

एसईईमा पर्साबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुँदै
सांकेतिक तस्बिर
सुन्नुहोस्

वीरगन्ज : चैत १९ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइईको सम्पूर्ण तयारी पुरा भइसकेको र यस वर्ष जिल्लाबाट कूल १० हजार ७०३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ ।

पर्सा जिल्लाका १५३ वटा विद्यालय (७० वटा सामुदायिक र ८३ वटा संस्थागत ) बाट गरी १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । चैत १९ गतेदेखि चैत २९ गतेसम्म चल्ने परीक्षाका लागि पर्सा जिल्लामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार पर्सा जिल्लामा ग्रामीण क्षेत्रमा १४ र शहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनका लागि १,३०४ जना जनशक्ति परिचालन गरिने भन्दै उनले २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी रहेको बताए ।

जिल्लाका सबै परीक्षा केन्द्रका लागि प्रश्नपत्र नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पुर्‍याई सकिएको र बाँकी आन्तरिक तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.