सुपर ओभरमा लुम्बिनीको रोमाञ्चक जित, एपीएफ स्तब्ध

सुपर ओभरमा लुम्बिनीको रोमाञ्चक जित, एपीएफ स्तब्ध

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित दर्ता गरेको छ। वीरगन्जस्थित नारायणी मैदानमा सम्पन्न खेलमा लुम्बिनीले एपीएफलाई सुपर ओभरमा पराजित गरेको हो ।

लुम्बिनीले सुपर ओभरमा दिएको १५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एपीएफले ६ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका सन्तोष यादवले कसिलो बलिङ गर्दै टिमलाई आठ रनको महत्वपूर्ण जित दिलाए । प्लेयर अफ दि म्याच घोषित सन्तोषको बलिङमा एपीएफ कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किदा लोकेश बमले चार र सन्दीप जोराले एक रन मात्रै जोड्न सके ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले एक विकेटको क्षतिमा १४ रन जोडेको थियो । लुम्बिनीका लागि सन्तोष यादवले आठ र देव खनालले एक रन बनाएका थिए । यसअघि निर्धारित ५० ओभरको खेलमा एपीएफले दिएको एक सय २५ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी एक सय २४ रनमै समेटिन पुगेको थियो ।

३३औं ओभरमा आठ विकेट गुमाएर एक सय १९ रन बनाएको लुम्बिनीलाई जितका लागि ६ रन आवश्यक थियो । दुई विकेट हातमा रहेको लुम्बिनीले ३४औं ओभरको अन्तिम दुई बलअघि खेल बराबरी गर्यो । उसलाई जितका लागि दुई बलमा एक रन आवश्यक थियो । तर अभिषेक गौतमले दुई बलमा लगातार सन्देश थापा र अजय चौहानको विकेट लिँदै खेललाई बराबरीमै रोके ।

एपीएफले दिएको एक सय २५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाए । अर्धशतकबाट पाँच रनले चुकेका देवले ६४ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । आकाश त्रिपाठीले ३२ र दर्श सोनारले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोडन् सकेनन् । एपीएफका रोहित पौडेलले तीन विकेट लिए भने अभिषेक गौतम, युवराज खत्री र भूवन कार्कीले समान दुई÷दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ३९.४ ओभरमा सबै विकेट गुमाएर १२४ रन जोडेको थियो । लुम्बिनीका अभिषेक गौतमले २८, ओपनर दीपक बोहोराले २०, सन्दीप जोराले १७, आशिफ शेख र लोकेश बमले समान १५ रन बनाएका थिए । कमल ऐरीले ११ रन बनाउँदा कप्तान रोहित पौडेले शूण्यमै आउट भएका थिए । एपीएफका अन्य ब्याटर चल्न सकेनन् ।

लुम्बिनीका अजय चौहानले चार विकेट लिए भने सन्तोष यादवले तीन विकेट चट्काए । यसैगरी निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट हात पारे । जितसँगै लुम्बिनी अंकतालिकाको पाँचौं स्थानमा कायम छ । पाँच खेलमा लुम्बिनीले दुई खेलमा जित र दुई खेलमा हार व्यहोर्दा एक खेल वर्षाले रद्ध भएको थियो । चैत ७ गतेको पहिलो खेलमा वर्षा बाधक बनेपछि कर्णालीसँग अंक बाँडेको लुम्बिनीले दोस्रो खेलमा कोशीमाथि एक सय ४८ रनको फराकिलो जित निकालेको थियो ।

तेस्रो खेलमा मधेससँग २५ रनले निराश बनेको लुम्बिनीले चौथो खेलमा पनि सुदूरपश्चिमसँग १२ रनले पराजय व्यहोरेको थियो । यता जारी प्रतियोगिता अन्तर्गत वीरगन्जमा पहिलो खेल खेल्दै गरेको एपीएफ तालिकाको छैठौं स्थानमा छ । एपीएफले यसअघिका चार खेल काठमाडौंस्थित मुलपानीको मैदानमा खेलेको थियो । पहिलो खेलमा चैत ८ गते बागमतीलाई ७१ रनले हराएर प्रतियोगितामा सुखद् सुरुवात गरेको एपीएफको त्यसयताका नतिजा निराशाजनक छ । दोस्रो खेलमा भएको विभागीय डर्बीमा पुलिससंग एक सय ८५ रनले पराजित भएको एपीएफले तेस्रो खेल वर्षाका कारण रद्ध हुँदा त्रिभूवन आर्मीसंग अंक बाँडेको थियो ।

चौथो खेलमा एपीएफले गण्डकीसँग ४३ रनको हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभूवन आर्मी क्लब भिड्ने छन् भने वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.