कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ६४५५ टिपरको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षिया छात्रा आशिका खत्रीको मृत्यु भएको छ।
त्यस्तै कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा१ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभूमि नगरपालिका वडा नम्बर १० का डिल्लीराम थारूको मृत्यु भएको हो प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !