बालिकालाई दुर्व्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा
स्याङ्जा : सार्वजनिक सवारी साधन चढेर पोखराबाट वालिङतर्फ आउँदै गर्दा १६ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग१ज ७०६६ नम्बरको जीपमा यात्रा गर्ने क्रममा चैत १६ गते दिउँसो करिब साढे १ बजे किशोरीमाथि चालकले दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि सोही दिन प्रहरीले वालिङ नगरपालिका-१ रामबाच्छाबाट ४९ वर्षीय अनबहादुर गुरुङ पक्राउ परेका हुन्।
विरुवा गाउँपालिका निवासी ४९ वर्षीय गुरुङमाथि घटनाको थप अनुसन्धानका लागि स्याङ्जा जिल्ला अदालतले ७ दिनको म्याद थप दिएको छ। कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सार्वजनिक जीपका चालकले बाँया छेउकै सिटमा सवार यात्रुलाई दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सवारी चालकलाई बालयौन दुरुपयोग कसूर मुद्दा दर्तागरी कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !