प्रधानमन्त्री कप क्रिकेट : आर्मीविरुद्ध ब्याटिङ गर्दै मधेस
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा त्रिभुवन आर्मी क्लबले मधेसलाई ब्याटिङको निम्तो दिएको छ । जनकपुरधामस्थित रामजानकी क्रिकेट मैदानमा टस जितेर आर्मीका कप्तान बिनोद भण्डारीले फिल्डिङ रोजेका हुन् ।
जारी प्रतियोगितामा दुबै टोली अपराजित छन् । समान चार खेल खेलेको दुबै टिमले सात अंक जोडेका छन् । मधेस नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने आर्मी तेस्रो स्थानमा छ । पाँच खेल खेल्दै समान सात अंक रहेको नेपाल पुलिस पहिलो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !
२