के ट्रम्प इरान युद्धबाट बाहिर निस्कने बाटो खोजिरहेका छन् ?

के ट्रम्प इरान युद्धबाट बाहिर निस्कने बाटो खोजिरहेका छन् ?
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान ह्वाइट हाउसमा इरान युद्धबारे सम्बोधन गरे । तर ट्रम्पको सम्बोधनमा अधिकांश कुरा विगत केही दिनदेखि इरान युद्धबारे दिँदै आएका अभिव्यक्तिहरु जस्तै थिए । 

२० मिनेट लामो यो सम्बोधनमा उनले अमेरिका–इजरायल सैन्य अभियानको ‘मुख्य रणनीतिक उद्देश्यहरू’ लगभग पूरा हुने अवस्थामा पुगेको बताए । उनले यो युद्ध अझै दुईदेखि तीन हप्ता चल्न सक्ने बताए । सम्बोधनमा उनले इरानलाई ‘पाषाण युगमा फर्काइ दिने’ चेतावनी पनि दिए । यदि विगत एक हप्तामा ट्रम्पले ट्रुथ सोशलमा गरेका पोस्टहरू हेर्नु भयो भने ती कुरा राष्ट्रका नाममा गरिएको उनको सम्बोधनसँग धेरै मिल्दोजुल्दो देखिन्छ ।

राष्ट्रपति ट्रम्पले यस युद्धका फाइदाहरू अमेरिकी जनतालाई बुझाउने प्रयास पनि सम्बोधनमा गरे । २८ फेब्रुअरीमा सुरु भएको यस सैन्य अभियानप्रति अधिकांश मतदाताहरू असहमत छन् । ट्रम्पले अमेरिकी जनतालाई यस युद्धलाई आफ्नो भविष्यमा ‘लगानी’ को रूपमा हेर्न आग्रह गरे  । तर यस सम्बोधनमा ती व्यक्तिहरूका लागि धेरै कम वा खासै केही थिएन । उनीहरु यो युद्ध कुन दिशामा जाँदैछ भन्ने जान्न चाहन्थे । अमेरिका यसबाट बाहिर निस्कने सम्भावित उपायहरू के हुन सक्छन् । यसमा धेरै प्रश्नहरूको जवाफ राष्ट्रपति ट्रम्बाट नआएको प्रतिक्रिया आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.