सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं : रवि लामिछाने


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिशोधको अध्याय नदोहरिने र आस्थाका आधारमा कसैमाथि फरक व्यवहार नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा धारणा राख्दै सभापति लामिछानेले संख्याका आधारमा प्रतिशोध र अत्याचार नहुने बताए। लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे।

आफूहरू प्रश्न गरेर नै अहिलेको अवस्थामा आएको भन्दै सभापति लामिछानेले अब बोलेर नभइ कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उल्लेख गरे। उनले अब मुलुकमा सुशासनको बेग कुनै हालतमा नरोकिने जिकिर गरे।

उनले यसअघि जस्तो अब आफ्नालाई जोगाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए।

सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे।

उनले जातीय र लैंगिक आधारमा कुनै विभेद नहुने भन्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए।

त्यस्तै सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उनले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने जनाए। प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.