प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्व ब्याटिङ गर्दै गण्डकी
वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले कोशी प्रदेशविरुद्ध ब्याटिङ गर्ने भएको छ । वीरगन्जस्थित नारायणी मैदानमा केही बेर अघि टस जितेर गण्डकीले ब्याटिङ रोजेको हो ।
गण्डकी विपिन खत्रीको कप्तानीमा रहनेछ भने कोशीको कप्तानी सुजन थपलियाले गर्नेछन् ।
जारी प्रतियोगितामा दुबै टिमको प्रदर्शन कमजोर छ । पाँच खेल खेलेको गण्डकी तीन अंकका साथ तालिकाको नवौं स्थानमा छ । गण्डकीले हालसम्म एक खेलमा मात्रै जित हात पारेको छ।
यता प्रतियोगितामा हालसम्म एक जित पनि निकाल्न नसकेको कोशी तालिकाको पुछारमा छ । पाँच खेल खेलेको कोशीको एक अंक छ । वर्षाका कारण मधेसविरुद्धको खेल रद्द हुँदा अंक बाँडेको कोशीले त्यसयताका सबै खेल हारेको छ ।
प्रतिक्रिया दिनुहोस !
२