प्रधानमन्त्री कप क्रिकेट: एपीएफविरुद्ध कर्णालीले थाल्यो ब्याटिङ
वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले विभागीय टोली एपीएफ क्लबविरुद्ध ब्याटिङ सुरु गरेको छ। जनकपुरधामस्थित रामजानकी मैदानमा टस जितेर कर्णालीले ब्याटिङ रोजेको हो ।
कर्णालीले चार ओभरमा एक विकेट गुमाएर ३६ रन जोडेको छ । ओपनर सुनिल धमला १७ रन बनाएर आउट भएका छन् । सुनिललाई एपीएफका अभिषेक गौतमले आउट गरेका हुन् । कर्णालीका रवीन्द्र शाही र निश्चल रावल क्रिजमा छन् ।
एपीएफ रोहित पौडेलको कप्तानीमा छ भने कर्णाली दिवन पुनको कप्तानीमा मैदानमा उत्रिएको छ। जारी प्रतियोगितामा एपीएफ सातौं स्थानमा र कर्णाली आठौं स्थानमा छ । पाँच खेल खेलेका दुवै टोलीको समान तीन अङ्क छ।
प्रतिक्रिया दिनुहोस !
२