पहिरोले रौदीगाड लघु जलविद्युतमा क्षति, बिद्युत सेवा अवरुद्ध

पहिरोले रौदीगाड लघु जलविद्युतमा क्षति, बिद्युत सेवा अवरुद्ध
सुन्नुहोस्

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–३ मा अविरल वर्षापछि गएको पहिरोले रौदीगाड लघु जलविद्युत् आयोजना पूर्णरूपमा क्षति भएको छ । शनिबार रातिदेखि परेको वर्षापछि माथिबाट आएको पहिरोले पावरहाउसमा क्षति पु¥याएपछि बिद्युत सेवा अवरुद्ध भएको हो ।
 

गौमुल गाउपालिका–३ का अध्यक्ष गोरख बोहराका अनुसार रातिदेखिको वर्षासँगै आएको पहिरोले विद्युत् नहरको पाइप फुट्दा पहिरो खसेको हो । पहिरोले आयोजनाको भवन छोप्नुका साथै विभिन्न उपकरणमा क्षति पुगेपछि विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको बोहोराले बताए ।

 

रौदीगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाका अनुसार पहिरोका कारण भवनसँगै जेनेरेटर, ट्रान्समिटर, मदरबोर्ड, एलसीलगायतका महत्वपूर्ण उपकरणहरूमा क्षति भएको छ । वि.सं. २०६९ चैत २५ गतेदेखि सञ्चालनमा आएको ३१.५ किलोवाट क्षमताको उक्त आयोजनाबाट गौमुल ३ का २ सय बढी घरधुरी लाभान्वित हुँदै आएका थिए । हाल वैकल्पिक ऊर्जाको व्यवस्था नभएकाले स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुने भएका छन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयका दैनिक कार्य सम्पादनमा समेत प्रभावित हुने भएका छन् । पहाडी भू–भागमा कमजोर र भिरालो जमिनका कारण निरन्तर वर्षासँगै थप पहिरोको जोखिम उच्च रहेको स्थानीयको भनाइ छ । घटनापछि क्षतिको विवरण संकलनका लागि गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरी टोली खटिएको  जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

पहिरोले कति क्षति भएको भन्ने एकीन विवरण प्रहरी टोली पुगेपछि मात्र जानकारी हुने प्रहरी कार्यालयले बताएको छ । वडा अध्यक्ष बोहराले विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत तथा पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए । स्थानीयवासीले तत्काल पुनर्निर्माण तथा वैकल्पिक ऊर्जा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.