मोटरसाइकल दुर्घटना : एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते

मोटरसाइकल दुर्घटना : एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको एकडारा गाँउपालिका- ५ स्थित बखरी चौक नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ । मंगलबार बर्दिवास जलेश्वर सडकखण्ड अन्तर्गत बखरी चौकमा  दुर्घटना हुँदा एसईई परीक्षा दिएर घरतर्फ जाँदै गएको ३ विद्यार्थीको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले जानकारी दिए ।

उनका अनुसार ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । घटनास्थलबाट तीन जनाको प्रवेश पत्र भेटिएको छ । घाइतेहरूको अस्पतालमा उपचारको लागि पठाइएको छ । घटनाको सम्बन्धमा विस्तृतमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.