उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय तलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा उपसभामुखको निर्वाचनलगायत विविध विषयमा छलफल हुने जनाइएको छ। उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय भएको छ।
प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको छ।
प्रतिक्रिया दिनुहोस !