पीएम कप क्रिकेट : एपीएफले कोशीलाई दियो २२६ रनको लक्ष्य
वीरगन्ज : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुरमा जारी खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशलाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । रामजानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाएर २२५ रन जोडेको हो ।
एपीएफका लागि सन्दीप जोराले ७२ रनको इनिङ खेले । सन्दीपले ९४ बलमा एक छक्का र आठ चौका प्रहार गरे । यसैगरी सुमित महर्जनले पनि ५७ रन बनाउँदै अर्धशतक पूरा गरे । अमर रौतेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन जोडे ।
कोशीका सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो र दीपेश कंडेलले एकरएक विकेट हात पारे। रोहन साहले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !