अमेरिकी तेल संसारकै सबैभन्दा राम्रो र  मीठो : ट्रम्प

अमेरिकी तेल संसारकै सबैभन्दा राम्रो र  मीठो : ट्रम्प
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्डले ठूलो संख्यामा खाली तेल ट्यांकरहरू अमेरिकातर्फ आउँदै गरेको बताएका छन्। अमेरिकाको तेल विश्वकै सबैभन्दा राम्रो र ‘मीठो’ भएको उनको दाबी छ। 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, 'विश्वका दुई ठूला तेल अर्थतन्त्र मिलाउँदा जति हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि धेरै तेल छ। तेलको गुणस्तर पनि उत्कृष्ट छ।'

अमेरिका-इरानबीचको युद्धका कारण विश्वव्यापी तेल मूल्यमा उतारचढाव भइरहेका बेला उनले आफूहरू खरिदकर्ताहरूको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्। 

बेन्च मार्क तेलको मूल्य यस साताको सुरुवातमा प्रति ब्यारेल १११ अमेरिकी डलरभन्दा माथि पुगेको थियो। तर, अमेरिका र इरानबीच दुई हप्ताको सर्तसहितको युद्धविराम सहमति भएपछि तेलको मूल्य करिब १५ प्रतिशतले घटेको छ।

अमेरिका-इरान युद्धविराम सम्झौतामा स्ट्रेट अफ होर्मुज खुला गर्ने विषय पनि समावेश छ। कच्चा तेलको मूल्य फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघि रहेको स्तरभन्दा अझै माथि नै छ। त्यतिबेला यसको मूल्य करिब प्रति ब्यारेल ७० अमेरिकी डलर रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.