नयाँ वर्षमा बदलिँदै देश

नयाँ वर्षमा बदलिँदै देश
तस्बिर : एआई

शुभ नयाँ वर्ष २०८३ घर आँगनमा आएको छ। रौद्र सम्वत्सरसँगै नयाँ आशा पलाएको छ। यसले नवीन सोच र अवधारणाहरू ल्याएको छ। यसपालीको वसन्त नेपालीका लागि विशेष हुनेछ। दशकौंदेखिका समस्या समाधान हुनेछन्। समाधानका मार्गहरू पनि प्रशस्त देखिन थालेका छन्। आममानिसमा यस्तो बलियो धारणा छ। वर्तमान सरकार नयाँ सोचका साथ आएको छ। सरकारले व्यवस्था बदल्ने दृढ वाचा गरेको छ। अहिले पद्धति सुधार्न सरकार आएको भन्ने विश्वास छ। अहिले झन्डै दुईतिहाइ बहुमतको सरकार छ। सचेत नागरिकहरूले अहिले कडा खबरदारी गरिरहेका छन्। अब कोही पनि अन्धभक्त समर्थन गर्ने छैनन्। जनशक्ति कति शक्तिशाली हुन्छ भन्ने पुष्टि भइसक्यो। गत भाद्रको आन्दोलनले ठूलो सन्देश दिएको छ। देश लुट्नेहरू अहिले पछुतो मान्दै रोइरहेका छन्।

अपराध निर्मम ढंगले नियन्त्रण गरिँदै छ। विधिको शासनमा कुनै सम्झौता हुने छैन। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइएको छ। अकुत सम्पत्ति कमाउनेहरूमाथि कडा कारबाही हुनेछ। राज्यको कठोर डन्डा अब सबैमाथि चल्नेछ। देशलाई ग्रे–लिस्टबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ। कार्यकारी प्रमुखले सस्तो लोकप्रियता खोजेका छैनन्। उनी नबोलेरै राष्ट्रिय हितमा काम गर्दैछन्। अनावश्यक संयन्त्रहरूमा कडा निगरानी बढाइएको छ। विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेटघाट गरिँदै छ। परराष्ट्र मन्त्रालयको प्रोटोकल पूर्ण पालना भएको छ। दलीय भागबन्डाका नियुक्ति बिस्तारै हट्दैछन्। अनावश्यक सरकारी विज्ञापनमा व्यापक कटौती भयो। कर्मचारी युनियनप्रति सरकार कठोर देखिएको छ। शैक्षिक सुधारका प्रयास अगाडि बढेका छन्। अभिभावक ठग्ने कार्यको अब अन्त्य हुनेछ।

एसईईको नतिजा महिनाभित्रै दिने प्रतिबद्धता छ। कर्मचारीले समयमै नतिजा देखिने गरी काम गर्नुपर्छ। स्थानीय तहमा जनशक्तिको पूर्ति तत्काल हुनेछ। सुशासनका मार्गचित्रहरू अहिले प्रस्ट देखिन्छन्। शक्तिशाली व्यक्तिहरू पनि कानुनी कठघरामा छन्। विदेश गएकाहरू पनि अहिले फर्कंदै छन्। राज्यका तीनै अंग अब स्वतन्त्र हुनुपर्छ। पहिले न्यायपालिका केन्द्रको गुलामी जस्तो थियो। कोटा प्रणालीले मालिक रिझाउनुपर्ने बाध्यता थियो। अहिले परिवेश र कोटा प्रणाली बदलिएको छ। कार्यपालिका र व्यवस्थापिका सच्चिन सुरु भएका छन्। न्यायपालिका सच्चिन भने केही समय लाग्न सक्छ। जनआक्रोश चुलिएमा केही पनि बाँकी रहने छैन।

विषय अहिले घामजस्तै छर्लंग भएको छ। अखण्ड नेपालको अवधारणा राख्नु धेरै राम्रो हो। संविधान कुनै असंशोधनीय धर्मग्रन्थ होइन। जनताको मागअनुसार यसलाई परिवर्तन गर्न सकिन्छ। आवश्यकता महसुस भएमा संविधान संशोधन गरौं। जटिल विषयमा सिधै जनमतसंग्रह गर्न सकिन्छ। जनता मतदानका लागि सधैं तयार रहनेछन्। सार्वजनिक सेवा प्रवाह कम लागतको हुनुपर्छ। अब सेवा छिटो र छरितो हुनुपर्छ। जनता अनावश्यक करको मारमा पर्नु हुँदैन। राज्यका सेवकहरू मालिक होइन, सेवक हुन्। अहिलेका विज्ञहरू खासै गरिब देखिँदैनन्। त्यसैले सेवामा अतिरिक्त सुविधा लिनुहुन्न। निःशुल्क सेवाको घोषणाले विचौलिया पाखा लाग्छन्।

सुविधाकै लागि धेरै अनावश्यक संयन्त्र बनेका हुन्। ठूला र खर्चिला संरचना अब घटाउनुपर्छ। नयाँ कानुन ल्याएर सेवालाई प्रभावकारी बनाऔं। वडाध्यक्षलाई महँगा गाडी र भत्ता किन चाहियो ? पुरानो प्रणालीमा यति ठूलो खर्च हुँदैनथ्यो। पुराना संयन्त्रहरूको गहिरो अध्ययन गर्न सक्छौं। देश बनाउन मिसन र भिजन चाहिन्छ। राज्यको स्रोत दोहन गर्ने सुविधा काटिनुपर्छ। सुरक्षाको लामो लावालस्कर अब हटाउनुपर्छ। जनताले नै असल नेताको सुरक्षा गर्छन्। सुरक्षाकर्मीले सिमाना र नागरिकको रक्षा गर्नुपर्छ। नेदरल्यान्ड्स र सिंगापुर कसरी माथि उठे ? डेनमार्क र स्विट्जरल्यान्डको विकासबाट सिकौं। भियतनाम र भुटानले पनि उन्नति गरेका छन्।

नेतृत्व सही भएमा देश अवश्य बन्छ। हाम्रो पुरानो नेतृत्व कस्तो रह्यो, सबैलाई थाहा छ। चीन पहिले गरिब देश थियो। अहिले विश्व बजारमा चीनको ठूलो प्रभाव छ। चीनले विश्वकै अग्लो र अनौठो पुल बनायो। यो पुल बिनापिलर झुन्ड्याएर बनाइएको छ। यसको लम्बाइ साढे चार हजार फिट छ। यस्तो पुल बन्न वर्षौं लाग्ने अनुमान थियो। चीनले यो तीन वर्षमै तयार पारेर देखायो। हाम्रो देशले भने युवा खाडीमा बेच्यो। नेपाली बाकसमा फर्किरहेको अवस्था निकै दुखद् छ। हामी स्वास्थ्य बिमाको समस्यामा रुमल्लिएका छौं। सिटामोल नपाएर नेपाली मरिरहेका छन्। कोरोना कालमा समेत भ्रष्टाचार गर्नेहरू यहाँ छन्। ती घोटालाका बारेमा सबैलाई राम्ररी थाहा छ।

विभिन्न काण्डले देशको प्रतिष्ठा गिराएका छन्। भुटानी शरणार्थी र ललिता निवास काण्ड धेरै छन्। छिमेकी भारतले आधुनिक अस्पताल तयार गरेको छ। दुर्गममा अत्याधुनिक स्वास्थ्य सुविधा पुर्‍याइयो। अस्पताल नपाएर अब कसैले ज्यान फाल्नु पर्दैन। विकसित देशहरूले आफ्नो भूमि स्वर्ग बनाए। हामी भने सधैं गरिबी र अभावमा छौं। नेतृत्वले गएको चार दशकको हिसाब दिनुपर्छ। यो हिसाब भोलि होइन, आजै दिनुपर्छ। अहिले नै जनतालाई पूर्ण र स्पष्ट जवाफ चाहिएको छ। देश विकासमा अब हामी सबैको सहकार्य आवश्यक छ। नयाँ वर्षले हामी सबैमा नयाँ उमंग ल्याओस्। नेपाल राष्ट्र सधैं समुन्नत र सुखी बनोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.