‘इरानले होर्मुज जाँदै गरेको ट्याङ्करमा गोली चलायो’

‘इरानले होर्मुज जाँदै गरेको ट्याङ्करमा गोली चलायो’
सुन्नुहोस्

इरान : बेलायतले होर्मुज जलडमरु हुँदै गइरहेको ट्याङ्करमा इरानले गोली चलाएको दावी गरेको छ । बेलायतले होर्मुज जलडमरूमा एउटा ट्यांकरमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले गोलीबारी गरेको दावी गरेको हो ।

घटना ओमानबाट २० नटिकल माइल उत्तर–पूर्वमा भएको जनाइएको छ । तर ट्यांकर र त्यसका चालक दल सुरक्षित रहेको जनाइएको छ । त्यसैगरी, तीन स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएका अनुसार कम्तीमा दुई व्यापारिक जहाजहरूले होर्मुज जलडमरू पार गर्ने क्रममा आफूमाथि गोली चलाइएको बताएका छन् ।

इरानी मिडियामा होर्मुज जलडमरू बन्द हुने खबर आएपछि धेरै जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् । इरानी सरकारी मिडियाका अनुसार देशको सेनाले होर्मुज जलडमरूमा पुनः नियन्त्रण कायम गर्ने बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.