देउवा पक्षको भेलाको निष्कर्ष : कांग्रेसलाई कसरी अगाडि बढाउने त्यसको जिम्मा सानेपाले लिनुपर्छ

देउवा पक्षको भेलाको निष्कर्ष : कांग्रेसलाई कसरी अगाडि बढाउने त्यसको जिम्मा सानेपाले लिनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका बिषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताए । विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनको भनाइ छ । बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारणलगायतका बिषयमा समेत छलफल भएको काफ्लेले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.