गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल छानबिन गर्न माग गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङको सम्पत्ति र शेयरको विषयमाथि स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेको हो।

‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’ कांग्रेसका प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘अत: नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’ 

नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहने विज्ञप्तिमा उल्लेख छ। प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा रहेको बताइएको छ। ‘केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो। यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ।’

गृहमन्त्री गुरुङको हदबन्दीभन्दा बढी जग्गा रहेको चर्चा चलिरहेको बेला उनको सम्पत्ति विवरणमा उल्लेख नभएको शेयर पाइएपछि आलोचना हुन थालेको हो। रास्वपाकै नेताहरुले समेत गृहमन्त्री गुरुङलाई फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। गुरुङले शेयरको विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.