नेपाल र युएईको खेल वर्षाले प्रभावित
काठमाडौं : नेपाल र युएईको जारी टी-२० खेल वर्षाका कारण प्रभावित भएको छ। टियु क्रिकेट मैदानमा १८ ओभरको खेल चलिरहेका बेला वर्षा भएपछि खेल प्रभावित बनेको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रनमा अविजित छन्।
प्रतिक्रिया दिनुहोस !