राजीनामा दिँदै सुधन गुरुङले भने- रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्छ

राजीनामा दिँदै सुधन गुरुङले भने- रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्छ
फाइल तस्बिर

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। चैत १३ गते गृहमन्त्री पदमा नियुक्त भएका गुरुङले २६ दिनमै राजीनामा दिएका हुन्।
सेयरसम्बन्धी विवादमा मुछिएपछि गुरुङलाई राजीनामा गर्न चौतर्फी दबाब थियो। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका उनले आफूमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरे।

'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्। पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,' उनले भनेका छन्।

उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै मिडियाकर्मीमाथि पनि प्रश्न तेर्स्याएका छन्। 'कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,' उनले भनेका छन्।

उनले आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको उल्लेख गरेका छन्। 'मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,' उनले भनेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.