ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा समस्या समाधान हुँदैन : प्रदीप ज्ञवाली

ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा समस्या समाधान हुँदैन : प्रदीप ज्ञवाली
सुन्नुहोस्

नवलपुर : नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’

उनले एमालेको नेतृत्व तत्काल परिवर्तन नहुने संकेत गरे । उनले भने, ‘हामी आन्तरिक रूपमा पार्टीभित्र गम्भीर समीक्षा गर्दैछौं । अध्यक्ष ज्यू काममा फर्कन थाल्नु भएको छ । अब समीक्षा गरेर निस्कने निष्कर्षका आधारमा मात्र अघि बढ्छौं ।’ ज्ञवालीले तत्काल नेतृत्व परिवर्तनको बहसभन्दा गम्भीर समीक्षा आवश्यक रहेको बताए । नेतृत्व परिवर्तनका लागि एमालेभित्र चर्को आवाज उठेको छ भन्ने पत्रकारको जिज्ञासामा उनले त्यो अहिले प्राथमिकताको विषय नभएको बताए ।

पत्रकारहरूले विद्यादेवी भण्डारीको नेतृत्वमा अघि बढ्न दबाब बढेको हो भन्ने जिज्ञासामा ज्ञवालीले कुनै जवाफ दिएनन् । नेपाली कम्युनिष्ट पार्टीलगायत वाम घटकहरूसँग एकताको प्रसङ्गमा नेता ज्ञवालीले तत्काल त्यसको कुनै सम्भावना नरहेको बताए । ‘वाम एकता वा अन्य पार्टीसँगको एकताबारे केही छलफल भएको छैन । अहिले त्यो सम्भावना पनि छैन’, उनले भने । नेता ज्ञवालीले अन्य पार्टीसँग एकता गर्ने भनेर बाहिर भएको प्रचार वास्तविकता नभएको बताए ।

‘अहिले हामी आफ्नो पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमै केन्द्रित छौं । छलफलमा छौं । अरूसँग एकताको कुरा अहिले प्राथमिकताको विषय होइन’, उनले भने । नेता ज्ञवालीले वर्तमान सरकारको मूल्याङ्कन गुण र दोषका आधारमा हुने बताए । सरकारले सुरुदेखि नै लय समात्न नसकेको भन्दै उनले सरकार बरालिएको बताए । ‘सरकार सुरुदेखि नै बरालिएको छ । राजनीतिक प्रतिशोध राखेर अघि बढेको छ । यो राम्रो संकेत होइन’, उनले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.