पासाङ ल्हामु शेर्पाको स्मृतिमा दौड प्रतियोगिता
काठमाडौं : राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३औँ स्मृति दिवसमा दौड प्रतियोगिताको आयोजना गरिएको छ। पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको आयोजनामा गरिएको उक्त प्रतियोगिता नक्सालको नारायणचौरबाट सुरु हुनेछ। तीन किलोमिटर र पाँचकिलोमिटर गरी दुई वटा समूहमा प्रतियोगिता हुने आयोजकले जनाएको छ।
नेपाली महिलाले पहिलो पटक सगरमाथा आरोहण गरेको एतिहासिक दिनलाई पासाङ स्मृति दिवसको रूपमा मनाउँदै आएको छ। सगरमाथाको आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो। सोही अवसरमा उनको सम्मानमा दौड प्रतियोगितालगायतका कार्यक्रमहरूको आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी उपाध्यक्ष लाक्पा फुटी शेर्पाले जानकारी दिइन्। प्रतियोगिताबाट संकलित रकम प्रतिष्ठानले सामाजिक सेवामा खर्च गर्ने जनाएको छ।
३३औँ स्मृति वर्षको अवसरमा वैशाख ५ गते सानेपाको एल्लो हाउसमा सप वीद प्रपोज, वैशाख ७ गते गते पासाङ मुभी प्रर्दशनी, वैशाख ९ गते रक्तदान कार्यक्रम, वैशाख १० गते चावाहिल चुच्चेपाटीस्थित प्रतिमामा मार्ल्याणपर्ण र पूजा गरी सम्मान कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष शेर्पाले जानकारी दिइन्। प्रतियोगितालाई सहआयोजकको रूपमा मेल्टडाउन रन क्लब रहेको छ।
प्रतिक्रिया दिनुहोस !