सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

हेटौडा : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अहिलेको सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महांसघ बागमती प्रदेश समितिले बुझाएको ध्यानकार्षण पत्र बुझ्दै मन्त्री तिमिल्सिनाले विज्ञापन नियमन र ब्यवस्थित गर्ने समेत बताए ।  यस्तै उनले स्थानीय तहको विज्ञापन सूचना सबैले पाउने तर, ब्यवस्थित गर्न केही समय लाग्ने बताए । उनले भने, ‘सञ्चार जगत र सरकार मिलेरै अघि बढ्ने हो । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको छ ।’  

गत चैत २७ र २८ गते दोलखाको जिरीमा भएको प्रदेश समितिको वैठकले तय गरेको साझा धारणा तथा निर्णय कार्यान्वयनका लागि मन्त्री तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त वैठकमा प्रदेश समिति अन्तर्गतका जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार संगठनका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थितिमा ६ बुदे साझा धारणा तय गरेको थियो ।

विहीबार सोही वैठकका धारणासहित सञ्चार मन्त्रीलाई भेटी ध्यानकार्षण पत्र हस्तान्तरण गरिएको  नेपाल पत्रकार महांसघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । ध्यानाकर्षण पत्रमा सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरूको स्वागत गर्दै यसभित्रका विकृतिहरूको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

यस्तै सरकारी विज्ञापन बितरणमा सरकारी र निजी मिडियामा बिभेद नगर्न सरकारलाई आग्रह गरिएको छ । यस्तै श्रमजीवि पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमहरूको हित र प्रवद्र्धनका लागि पूर्ण समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरिएको छ । स्थानीयस्तरमा प्रवाह गरिने सूचना तथा जनचेतनामूलक सन्देशहरू स्थानीय सचारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुनै पनि क्रियाकलाप नगर्न सरकारसँग आग्रह गरिएको छ । यस्तै अन्तिम बुदाँमा प्रदेश सरकारका निकायमा दर्ता भएका सञ्चारमाध्यम सम्बन्धी विद्यमान अन्योलता अन्त्य गर्न प्रदेश र संघीय सरकारबीच समन्वय गरी तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.