इरानमा रहेका भारतीयहरूका लागि दूतावासद्वारा ट्राभल एडभाइजरी जारी
काठमाडौं : भारत र इरानबीच उडानहरू पुनः सुचारु हुने खबरहरू सार्वजनिक भइरहेका बेला इरानस्थित भारतीय दूतावासले भारतीय नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
भारतीय दूतावासले भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न कडा सुझाव दिएको बीबीसीले उल्लेख गरेकाे छ। दूतावासले आफ्नो एडभाइजरीमा भनेको छ, 'इरान र भारतबीच केही उडानहरू सुरु हुन लागेको खबरलाई ध्यानमा राख्दै र यसअघि जारी गरिएको एडभाइजरीकै निरन्तरता स्वरूप, भारतीय नागरिकहरूलाई हवाई मार्ग वा जमिनको बाटो, जुनसुकै माध्यमबाट पनि इरानको यात्रा नगर्न कडा सल्लाह दिइन्छ।'
दूतावासले अगाडि थपेको छ, 'क्षेत्रीय तनावका कारण हवाई क्षेत्रमा लगाइएका प्रतिबन्धहरू र सञ्चालन सम्बन्धी अनिश्चितताहरूले अझै पनि इरान आउने-जाने अन्तर्राष्ट्रिय उडानहरूलाई प्रभावित पारिरहेका छन्।'
यसका साथै, भारतीय दूतावासले हाल इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँग निरन्तर सम्पर्कमा रहन र तोकिएका स्थल मार्गहरू प्रयोग गरी इरान छोड्न पुनः आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !