बीपी राजमार्गमा अलपत्र यात्रुको उद्धार
काठमाडौं : बर्षाका कारण बीपी राजमार्ग बन्द भएपछि अलपत्र ४३१ जना यात्रुहरूको उद्धार गरिएको छ । अन्दाजी १५० यात्रुहरु उद्धारको क्रममा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आज बिहानदेखि अलपत्र यात्रुलाई बैकल्पिक बाटो तेमाल हुँदै धुलिखेल निकाल्ने काम भइरहेको काभ्रको डीएसपी रबिन बिष्टले जानकारी दिए ।
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग बन्द भएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । अस्थायी ट्रयाकमा बाढी पसेर क्षति पुगेको प्रहरीको भनाई छ । बाढी जोखिम रहेको भन्दै प्रशासनले बीपी राजमार्गबाट यात्रा गर्न रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस !