कांग्रेसको देउवा पक्षले विशेष अघि तय भएको महाधिवेशनलाई नै अघि बढाउने

शेखर कोइरालाले बोलाए छुट्टै भेला

कांग्रेसको देउवा पक्षले विशेष अघि तय भएको महाधिवेशनलाई नै अघि बढाउने

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि बैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ । 

मंगलबारबाट काठमाडौंमा सुरु पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुको विस्तारित बैठकबाट बैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरी कार्ययोजना बनाउने तयारी गरिएको हो ।

कांग्रेस नेता मीन विश्वकर्माले विशेष महाधिवेशनअघि बैशाखमा तय भएको महाधिवेशनको समय आइसकेको अवस्थामा त्यसलाई नै एकताको अधिवेशन बनाउने गरी छलफल हुने जानकारी दिए । कांग्रेस सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले भने १५ औ महाधिवेशन आगामी असोज गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

निर्वाचन आयोग र अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुलाई क्रियाशिल बनाउँदै परिचालन गरिने र सबैलाई समेटेर १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरी बैठकले आवश्यक निर्णय गर्ने विश्वकर्माले उल्लेख गरे ।उनले पार्टीलाई एकताबद्ध गर्ने सवालमा आफूहरु निरन्तर छलफलमा रहे पनि सभापति थापा पक्षबाट संवादको विन्दु नै प्रारम्भ हुन नसकेको बताए । विशेष अधिवेशन र नियमित अधिवेशन पक्षधरहरूलाई मिलाएर १५ औ महाधिवेशनमा लैजानु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

विस्तारित भेलाबाट निर्वाचनको समीक्षाका साथै निर्वाचनमा पराजयको कारण खोज्ने उनले बताए । विस्तारित बैठक तीन दिनसम्म लम्विन सक्ने विश्वकर्माले जानकारी दिए । यता देउवा समूहमा नमिसिएको शेखर कोइराला समूहको छुट्टै भेला बस्ने भएको छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका हुन् । वैशाख १७ गते आफू निकट बागमती प्रदेशस्तरीय भेला राखेका हुन् । पार्टीका साथीहरूसँग छलफल नभएको धेरै भएकाले कोइरालाले छलफल गर्न लागेको नेता जीवन परियारले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.