नुवाकोटमा तीन सय जना एचआइभी संक्रमित

नुवाकोटमा तीन सय जना एचआइभी संक्रमित
सुन्नुहोस्

नुवाकोट : विभिन्न कारण नुवाकोटमा एचआईभी संक्रमित बढेका छन् । पहाडी भूभाग नुवाकोटमा हालसम्म झण्डै तीन सय जना एचआईभी संक्रमित रहेका छन् । एचआईभी संक्रमितसम्बन्धी बिदुरमा आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । एचआईभी संक्रमितलाई लान्छना र भेदभाव न्यूनीकरण आवश्यक रहेको र यससम्वन्धी कार्यक्रम गरिएको हो । 

समाजमा विद्यमान एचआईभी सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरणका लागि सम्बन्धित तथा जनप्रतिनिधिहरूलगायत सरोकारवालालाई सहभागी गराई कार्यक्रमको अपनत्व अभिवृद्धि गराउने उद्देश्यले नुवाकोटको विदुरमा मंगलवार एचआईभी संक्रमितसम्बन्धी लान्छना तथा भेदभाव न्युनीकरण गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित व्यक्तिहरू,  मुख्य जोखिम समूह र सरोकारवालाबीच यस सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा नुवाकोटमा हालसम्म दुई सय ९८ जना एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको हो । जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा एचआईभीसम्बन्धी सचेतना अभिवृद्धि, विभेद न्यूनीकरण तथा संक्रमित व्यक्तिहरूको अधिकार र सम्मानको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नुवाकोटमा पहिचान भएका दुई सय ९८ जना एचआइभी संक्रमितमध्ये एक सय ९९ जनाले त्यस विरुद्धको औषधि एआरटी सेवन गरिरहेका छन् । 

कार्यक्रममा नुवाकोटको दुपचेश्वर गाउंपालिकामा ६८, बिदुर नगरपालिकामा ३८, तादी गापामा २६ जना एचआइभी संक्रमित रहेको विवरण सार्वजनिक गरिएको छ । जसमध्ये आप्रवासी २८, सिरिन्जमार्फत २०, यौनकर्मी १० र अन्य एकसय २९ जना रहेको विवरण प्रस्तुत गरिएको छ । 
एचआइभी संक्रमितको स्वास्थ्य सुरक्षा, सचेतना, परामर्श र हेरचाह तथा एचआइभी संक्रमितको लागि सामाजिक तथा स्वास्थ्य सुरक्षा, लान्छना र भेदभाव नियन्त्रण आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले वताए । उनले एचआइभी संक्रमण हुनु भन्दा पहिले नै आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले मानवको स्वास्थ्य सुरक्षा महत्वपूर्ण रहेको वताए । उनले ग्रामीण भेगहरुमा समेत कार्य योजना बनाएर एचआइभी संक्रमितहरुलाई  लान्छना र भेदभाव नियन्त्रणका कार्यहरु गरिनु पर्ने वताए ।  कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अन्जु कार्कीले नेपालमा रहेको स्वास्थ्य समस्यामध्ये एचआइभी संक्रमण समेत एक रहेका कारण यसलाई लाग्नै नदिन सवै वर्गले आआफ्नो क्षेत्रबाट क्रियाशील हुनुपर्ने बताइन् ।

उनले रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिने उपाय महत्वपूर्ण रहेको बताइन् । सोही कार्यक्रममा जनस्वास्थ्य अधिकृत उत्तम खनाल, जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कृष्णप्रसाद रिजाल, नर्सिंङ अधिकृत वर्ष शर्मा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नवराज सुवेदीलगायतले एचआइभी सत्रंmमणको कारण, अवस्था, नियन्त्रण तथा स्वास्थ्य सुरक्षाका सम्वन्धमा आआफ्नो धारण राखेका थिए ।  कार्यक्रममा एचआइभी संक्रमितको जीवनका अनुभव समेत साझा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.