‘बलियो कानून बिना बलियो वन प्रशासन सम्भव छैन’

‘बलियो कानून बिना बलियो वन प्रशासन सम्भव छैन’
सुन्नुहोस्

अर्घाखाँची :  वन क्षेत्रलाई परिणाममुखी, प्रभावकारी र सुशासनयुक्त बनाउन आवश्यक कानूनी तथा नीतिगत आधार सरकारले तत्काल तयार गर्नुपर्ने माग वन प्राविधिकहरूले गरेका छन् । नेपाल वन प्राविधिक संघ लुम्बिनीद्वारा आयोजित लुम्बिनी सन्देश पत्रिका विमोचन समारोहमा प्रदेशभरका वन प्राविधिकहरूले वन व्यवस्थापन सुधारका लागि कानूनी आधार अभाव मुख्य चुनौती बनेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल वन प्राविधिक  संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले वन क्षेत्रबाट नतिजा खोज्ने हो भने काम गर्ने वातावरणसँगै बलियो कानूनी संरचना आवश्यक रहेको बताए । काठ–दाउरा लिलाम बिक्रीमा ई–टेन्डरसम्बन्धी कार्यविधि, खडा रुख लिलामसम्बन्धी कानून, निजी वनमा रहेका साल प्रजातिको कटानलगायतका नीतिगत विषय प्रदेश सरकारमै अल्झिएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘वन प्राविधिकहरू परिणाम दिन तयार छन्, तर त्यसका लागि कानूनी आधार र स्पष्ट नीतिगत मार्गदर्शन चाहिन्छ’, खड्काले भने, ‘सरकारले समयअनुकूल कानून र कार्यविधि नबनाउँदा वन व्यवस्थापनमा अपेक्षित सुधार आउन सकेको छैन ।’ प्राविधिकहरूले वन प्रशासनलाई आधुनिक, पारदर्शी र नतिजामुखी बनाउन डिजिटल प्रणाली, अनलाइन टेन्डर र व्यवस्थापन सुधारका विषय तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन् । उनीहरूका अनुसार नीतिगत ढिलासुस्तीले वन क्षेत्रको सम्भावना उपयोग हुन सकेको छैन ।

बर्दियाका वन कार्यालय प्रमुख विजय सुबेदीले वन व्यवस्थापनलाई प्रभावकारी बनाउन फिल्ड तहमा प्रयास भइरहे पनि आवश्यक कानूनी र नीतिगत निर्णय नहुँदा कार्यसम्पादन प्रभावित भएको बताए । ‘हामी परिणाम देखाउन चाहन्छौं, तर त्यसका लागि कानूनी टेको आवश्यक छ’, उनले भने ।
वन महानिर्देशक ईश्वरी पौडेलले वन प्रशासन सुधारका लागि कानूनी आधार मजबुत हुनुपर्नेमा जोड दिँदै सरकारबाट आवश्यक नीतिगत निर्णय समयमै हुनुपर्ने बताए । वन क्षेत्रको नतिजा र सुशासन कानूनी सुधारसँगै जोडिएको उनको भनाइ थियो ।

वन सचिव प्रमोद भट्टराईले कतिपय नीतिगत विषय अन्तर मन्त्रालयहरुमा अल्झिने गरेको  भन्दै बिषयको गम्भिरता सैले बुझ्नुपर्ने   बताए । वन मन्त्रीले पनि मन्त्रालयले अघि बढाएका कानूनहरू रोकिनु स्वाभाविक नभएको उल्लेख गर्दै आवश्यक सुधारका कामलाई गति दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी वन प्राविधिकहरूले वन क्षेत्रको नतिजा खोज्न सरकार समय सुहाउने कानूनी आधार निर्माण, कार्यान्वयन सहजीकरण र सुधारमै अग्रसर हुनुपर्ने धारणा राखेका छन् । उनीहरूको निष्कर्ष थियो, ‘बलियो कानून बिना बलियो वन प्रशासन सम्भव छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.