अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेश कुनै दल फुटाउन वा विपक्षीलाई लक्षित गर्न नल्याइएको स्पष्ट पारेको छ। विगतमा यस प्रकारको अभ्यास रहेको बताउँदै रास्वपाले कसैलाई सुविधाका लागि भन्दा पनि सुधारका लागि अध्यादेश ल्याएको बताएको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको अनौपचारिक बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै सुधारका लागि अध्यादेश आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।

बैठकमा नेताहरूले विगतमा अनावश्यक दलीयकरण र गलत नियुक्तिहरूले राज्य संरचनामा समस्या सिर्जना गरेको भन्दै ती विषय नसच्याएसम्म जनअपेक्षा पूरा गर्न कठिन हुने धारणा राखेका थिए। रास्वपाले विगतमा अध्यादेशलाई दल फुटाउने वा राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिएको आरोप लगाउँदै वर्तमान अभ्यास त्यसबाट भिन्न रहेको दाबी गरेको छ।

पार्टीका अनुसार अहिलेको अध्यादेश कसैलाई पीडा दिन वा विशेष सुविधा दिन नभई प्रणालीगत सुधारका लागि ल्याइएको हो। संवैधानिक आयोग तथा विभिन्न निकायमा लामो समयदेखि खाली रहेका पदहरूका कारण निर्णय प्रक्रियामा समस्या आएको र कतिपय अवस्थामा कार्यवाहक नेतृत्वले सम्झौतामै काम चलाउनुपरेको अवस्थासमेत उल्लेख गरिएको छ। रास्वपाले जनअपेक्षा अनुसार काम गर्न राजनीतिक सक्रियता र 'नम्र तर प्रभावकारी राजनीतिक आक्रामकता' आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.