सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन : रास्वपा

‘कसैलाई बाढीको जोखिममा बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो ’

सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन : रास्वपा
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विस्थापित सुकुम्बासीलाई आफ्नो पार्टी नेतृत्वको सरकारले घरबारविहीन हुन नदिने बताएको छ ।
बुधबार बसेको रास्वपा संसदीय दलको वैठकले जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको बताएको छ  ।

आजको वैठकपछि रास्वपा प्रवक्ता मनिष झाले सरकारले विस्थापित सुकुम्बासीहरुको लगत संकलन र ब्यबस्थापनमा जिम्मेवार भएर काम गरिरहेको बताएका छन् । उनले भने, ‘कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ ।’ ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य भएको बताउँदै प्रवक्ता झाले देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने जानकारी गराए । उनले यो क्रममा सरकारले कसैलाई घरबारबिहीन नबनाउने दावी समेत गरे ।

उनले भने, ‘सरकारले घरबारबिहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ । सरकारले कोही सुकुम्बासीहरूलाई घरबारबिहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ । तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.