किम जोङ उन सत्ताको उत्तराधिकारीका लागि छोरीलाई यसरी गर्दैछन् तयार

किम जोङ उन सत्ताको उत्तराधिकारीका लागि छोरीलाई यसरी गर्दैछन् तयार
सुन्नुहोस्

उत्तर कोरिया : उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एलाई उत्तराधिकारीको रूपमा तयार गर्दै गरेको संकेत आइरहेका छन् ।
उत्तर कोरियामा ‘पश्चिमी लग्जरी’ शैलीका कपडा लगाउनु विद्रोह र समाजवादविरोधी मानिन्छ र त्यस्ता कपडामा प्रतिबन्ध पनि छ । तर किम जु ए बारम्बार यस्ता कपडामा देखिन थालेकी छन् । यसलाई सामान्य किशोरावस्थाको परिवर्तन नभई उनलाई भविष्यको सर्वोच्च नेताका रूपमा प्रस्तुत गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।

सन् २०१३ मा जन्मिएकी जु एले नोभेम्बर २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्, त्यो बेला उनी मात्र ९ वर्षको थिइन् । उनी आफ्ना बुबासँग एक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको अगाडि हिँडिरहेको अवस्थामा देखिएकी थिइन् । त्यतिबेला उनी लामो कपाल, कालो पाइन्ट र सेतो ज्याकेटमा निकै प्रभावशाली देखिन्थिन् ।

त्यसयता उनको हेयरस्टाइल र पहिरन झन् पश्चिमी शैलीतर्फ झुकेको देखिन्छ । सन् २०२० मा उत्तर कोरियाले ‘रिएक्शनरी आइडियोलोजी एन्ड कल्चर रिजेक्शन एक्ट’ लागू गरेको थियो । जसले बाहिरी संस्कृतिमा रोक लगाउँछ । तर त्यसको बाबजुद २०२३ मा सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा जु ए फेरि आफ्ना बुबासँग मिसाइल नजिकै देखिएकी थिइन् । यस पटक उनले लगाएको ज्याकेट फ्रान्सेली लग्जरी ब्रान्ड ‘क्रिश्चियन डियोर’ को भएको बताइएको थियो, जसको मूल्य करिब १,९०० डलर (करिब १ लाख ८० हजार रुपैयाँ) थियो ।

अर्को वर्ष, प्योङयाङको नयाँ आवासीय क्षेत्रमा आयोजित उद्घाटन कार्यक्रममा उनले लगाएको पहिरनलाई एक भिडियो भाषणमा ‘एण्टी–सोसियलिस्ट’ भनेर आलोचना गरिएको थियो । तर त्यसैबीच केही मानिसहरूले उनको शैलीको नक्कल गर्न चाहेको पनि बताइएको छ । विशेषज्ञहरूका अनुसार समयसँगै उत्तर कोरियामा पनि पुस्तागत परिवर्तन भइरहेको छ ।

२०१० पछि धेरै कामदारहरू विदेशी मुद्रा कमाउन विदेश गएका छन् । विशेषगरी कोभिड–१९ महामारीका बेला चीनमा बसेका कामदारहरू फर्किंदा त्यहाँको संस्कृतिको प्रभाव पनि सँगै ल्याएका छन् । पहिले लग्जरी सामानहरू मुख्यतः जापानबाट आउने गर्थे, तर अहिले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डबारे उत्तर कोरियालीहरूलाई जानकारी हुन थालेको छ।

यस्ता सामान महँगा हुने भएकाले धेरैले सुरुमा परफ्युमजस्ता वस्तुबाट अनुभव लिन थाल्छन् । जु ए परिवारकी पहिलो ‘फेशन आइकन’ भने होइनन् । विश्लेषकहरूका अनुसार उनलाई उनकी आमा री सोल जू जस्तै परिपक्व र स्टाइलिश देखिने गरी तयार पारिन्छ, ताकि उनको वास्तविक उमेर कम देखियोस् । उत्तर कोरियामा सामान्य युवतीले यस्तो पश्चिमी फेशनको नेतृत्व गर्नु लगभग असम्भव मानिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.