कांग्रेसले गर्‍यो कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन, खड्काको स्पष्टीकरण तामेलीमा

कांग्रेसले गर्‍यो कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन, खड्काको स्पष्टीकरण तामेलीमा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पदमा रहेर काम गर्न नपाउने गरी निलम्बन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएका कारण कारवाही स्वरुप निलम्बन गरेको हो । तामाङलाई अनुशासन समितिको मिति २०८३-०१-०७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएको थियो ।

उनले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३-०१-०८ गतेका दिन दिएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकाले सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुञ्जेलसम्मका जिल्लाको सभापति पदबाट निलम्वन गरिएको जनाइएको छ ।   

यस्तै  अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का.वा. सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सम्मानित सर्बोच्च अदालतको मिति २०८३-०१-०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकाले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरिएको जनाइएको छ ।

अनुशासन समितिको २०८२-१२-१८ गतेको निर्णय अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्लाका जिम्मेवार व्यक्तिहरु र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा दिएको उजुरीहरुलाई छानविनबाट वर्गीकरण गर्ने कार्य सम्पन्न भई सकेकाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिम अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) लिने निर्णय समेत गरिएको अनुशासन समितिले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.