बारामा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते
सिमरा : पथलैया-वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन्।
वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदै सडक छेउको रेलिङमा ठोक्किँदा चमार र उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस !