स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं : स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
अर्यालले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी गरेका थिए। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !