इरानको नयाँ प्रस्तावबारे ट्रम्पको टिप्पणी : अमेरिका चाँडै पछि हट्दैन

इरानको नयाँ प्रस्तावबारे ट्रम्पको टिप्पणी : अमेरिका चाँडै पछि हट्दैन
सुन्नुहोस्

अमेरिका : इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने इरानको यस नयाँ प्रस्तावबाट सन्तुष्ट छैनन् । ‘युद्धविरामका कारण इरानविरुद्धको ‘अभियान समाप्त’ भएको तर युद्ध जारी राख्न आफूलाई अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक नपर्ने बताएका छन्।

हाउस स्पीकर माइक जोन्सन र कार्यवाहक सीनेट अध्यक्ष चक ग्रास्लीलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, ‘७ अप्रिल २०२६ पछि अमेरिकी र इरानी सेनाबीच कुनै गोलीबारी भएको छैन । २८ फेब्रुअरी २०२६ मा सुरु भएको शत्रुता समाप्त भएको छ ।’ तर यो नयाँ भनाइ ट्रम्पले केही घण्टा अघि दिएका अभिव्यक्तिसँग मेल खाँदैन, जहाँ उनले अमेरिका इरानको मुद्दाबाट ‘चाँडै पछि नहट्ने’ बताएका थिए ।

यसबीच, इरानका विदेश मन्त्री अब्बास अराघचीले युद्धका कारण अमेरिकालाई १०० अर्ब डलरको नोक्सानी भएको दावी गरेका छन् । तर पेन्टागनका अधिकारीहरूले २९ अप्रिलमा अमेरिकी कांग्रेसमा दिएको जानकारी अनुसार, इरानसँगको युद्धमा अमेरिकाले करिब २५ अर्ब डलर खर्च गरेको छ ।

इरान र अमेरिका–इजरायलबीच करिब पाँच हप्ता चलेको युद्धका क्रममा दुई हप्ताको युद्धविराम गरिएको थियो, जसको म्याद पहिले २२ अप्रिलसम्म थियो र पछि फेरि थपिएको थियो । युद्ध अन्त्य गर्न पाकिस्तानको मध्यस्थतामा एक पटक वार्ता भइसकेको छ, तर त्यो असफल भएको थियो । दोस्रो चरणको वार्ताका लागि न इरानले न त ट्रम्पले आफ्ना दूतहरू पाकिस्तान पठाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.