एकै परिवारका ६ जनाको सामूहिक अन्त्येष्टि, टाकुरा गाउँ शोकमग्न

एकै परिवारका ६ जनाको सामूहिक अन्त्येष्टि, टाकुरा गाउँ शोकमग्न

रुकुम पूर्व : रोल्पाको धार्मिक तथा पर्यटकीयस्थल जलजला जाने क्रममा वैशाख १७ गते भएको जिप दुर्घटनामा ज्यान गुमाएका रुकुमपूर्व सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ६ जनाको पाँच दिनपछि सामूहिक अन्त्येष्टि गरिएको छ। विदेशमा रहेका आफन्तहरूआइपुगेपछि सोनोभेरी नदी किनारमा मृतकहरूको सामूहिक अन्त्येष्टि गरिएको हो। 

अन्त्येष्टि गरिएका मृतकमा गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी र सुदीप बुढाथोकी रहेका छन्। एउटै घरबाट लगातार शवयात्रा निस्कँदा टाकुरा गाउँ शोकमग्न बनेको छ। 

वैशाख पूर्णिमाको अवसरमा जलजला दर्शनका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेर २० जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनाले रुकुमपूर्वसँगै दाङ र सल्यानका परिवार तथा आफन्तहरूलाई पनि गहिरो पीडामा पारेको छ। 

दुर्घटनामा एक जना समीर कामी मात्रै गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए। धार्मिक आस्थासँग जोडिएको यात्रा एकाएक सामूहिक शोकमा परिणत भए पछि रुकुम पूर्व शोकमग्न बनेको छ। दुर्घटनापछि स्थानीयवासीले सडकको अवस्था, सवारी साधनको प्राविधिक परीक्षण र यात्रु सुरक्षामा लापरबाही भएको भन्दै गम्भीर प्रश्न उठाएका छन्। 

एउटै दुर्घटनामा एकै गाउँका धेरै नागरिक गुमाउनु परेपछि सुरक्षित यातायात, उद्धार तयारी र जोखिम न्यूनीकरणका विषयमा व्यापक बहस सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.