आफ्ना नागरिक घाइते हुने गरी युएइमा भएको हमलाबारे मोदीले के भने ?
भारत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई (दुवई) माथि भएको हमलाको निन्दा गर्दै सबै समस्याको समाधान वार्ता र कूटनीतिमार्फत गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘यूएईमाथि भएका ती हमलाहरूको म कडा निन्दा गर्छु, जसमा तीन भारतीय नागरिक घाइते भएका छन् । सर्वसाधारण मानिस र नागरिक संरचनामाथि आक्रमण गर्नु पूर्णरूपमा गलत हो ।’
उनले थप लेखेका छन्, ‘भारत यूएईसँग दृढ रूपमा उभिएको छ र फेरि दोहो¥याउँछ कि सबै समस्याहरूको शान्तिपूर्ण समाधान वार्ता र कूटनीतिमार्फत हुनुपर्छ ।’
मोदीले भनेका छन्, ‘होर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित र निर्बाध आवागमन क्षेत्रीय दीर्घकालीन शान्ति, स्थिरता र विश्व ऊर्जा सुरक्षाका लागि अत्यन्त आवश्यक छ ।’ भारतको विदेश मन्त्रालयले पनि यूएईको फुजैराहमा भएको हमलालाई ‘अस्वीकार्य’ भन्दै यस्ता आक्रमण तुरुन्त रोक्न माग गरेको छ । यूएईको रक्षा मन्त्रालयले मे ४ मा इरानतर्फबाट धेरै मिसाइल प्रहार गरिएको दाबी गरेको थियो, जसलाई त्यहाँको रक्षा प्रणालीले अवरोध गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !