विद्यार्थी घटेपछि विद्यालय मर्ज अभियान

विद्यार्थी घटेपछि विद्यालय मर्ज अभियान
सुन्नुहोस्

नुवाकोट : विद्यार्थी संख्या घटेपछि नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकाले विद्यालय मर्ज÷समोजन अभियान सञ्चालन गरेको छ। उक्त गापामा विद्यार्थी नहुँदा दुईवटा विद्यालय बन्द भएका छन्। 

पञ्चकन्या गापाले चालु शैक्षिक शत्र २०८३ मा सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको, कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून रहेको तथा विद्यार्थीको विद्यालयसम्मको पहुँचलाई समेत तात्विक फरक नपर्ने ठहर गर्दै विद्यालय मर्ज÷समोजन गर्ने निर्णय गरेको हो। यसबाट राज्य  स्रोतको मितव्ययी उपयोग, विद्यालयमा कक्षागत शिक्षक र कर्मचारीको पर्याप्ततासमेत बढाउन मद्दत पुग्ने भएकाले ११ विद्यालय मर्ज/समोजन कार्य गरिने पञ्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेशले जानकारी दिए।

हाल विद्यार्थी नभएकाले पञ्चकन्या २ को सन्सारीदेवी आधारभूत विद्यालय र पञ्चकन्या ३ को सिंहदेवी आधारभूत विद्यालय बन्द भएको पञ्चकन्या गापा शिक्षा शाखाले जनाएको छ। ती विद्यालयहरूसमेत औपचारिक रूपमा नजिकको विद्यालयमा गाभिने निर्णय गरिएको पञ्चकन्या गापा विद्यालय समायोजन समितिले जनाएको छ। 

मर्ज/समोजन हुने विद्यालयहरूमा सबै आधारभूत तहका रहेका छन्। यसरी मर्ज÷समोजन हुने विद्यालयहरूमा पञ्चकन्या १ को आँपचौर र वनदेवी आधारभूत विद्यालय, पञ्चकन्या ३ को कमरदेवी बालविकास केन्द्र र कमरदेवी आवि, पञ्चकन्या ३ कै क्षेत्रपाल बालविकास केन्द्र र क्षेत्रपाल आवि, पञ्चकन्या ३ कै सप्तकन्या आवि, पञ्चकन्या ३ कै देवकीधरम आविको कक्षा ६ देखि ८ लाई पञ्चकन्या माविमा समायोजवन गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख धर्मराज रिमालले जानकारी दिए। 

उनका अनुसार मर्ज/समोजन हुने अन्य विद्यालयहरूमा पञ्चकन्या ४ को सुन्दरादेवी आवि र सुन्दरादेवी वाल विकास केन्द्र, पञ्चकन्या ४ कै सुन्दरकन्या आवि र सुन्दरकन्या बालविकास केन्द्र, पञ्चन्या ४ कै गम्बोडाँडा आविको ६ र ७ कक्षा मंगलादेवी माविमा समायोजन, पञ्चकन्या ५ को भेडावारी माविलाई वच्छला माविमा समायोजन तथा पञ्चकन्या ५ कै नवज्योति आवि बालविकास केन्द्रलाई सुन्दरादेवी आविमा समायोजन गर्र्ने निर्णय गरिएको छ। मर्ज÷समोजन भएका विद्यालयहरूमा आगामी वर्षहरूमा विद्यार्थी संख्या बढ्न सक्ने भरपर्दो आधार देखिएमा गापाले पुनः थप विद्यालय र कक्षा थपको अनुमति दिइने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.