यदि ‘टीवीके’ सरकार बनाउन असफल भए के हुनेछ ? विजय किन छन् मौन ?

यदि ‘टीवीके’ सरकार बनाउन असफल भए के हुनेछ ? विजय किन छन् मौन ?
सुन्नुहोस्

भारत : तमिलनाडु विधानसभा चुनावको नतिजा आएको चार दिन भइसकेको छ । तर अझै पनि सरकार कसले बनाउने भन्ने कुरा स्पष्ट भएको छैन ।
सबैभन्दा धेरै सिट जित्ने एकल पार्टीको रूपमा अभिनेता विजयको तमिलगा वेत्री कडगम (टीवीके) ले तमिलनाडुका कार्यवाहक राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरी सरकार गठनको दाबी पेस गरेको छ ।

तर राज्यपाल अर्लेकरले सरकार बनाउन आवश्यक ११८ विधायकको समर्थन नभएको भन्दै विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा आमन्त्रित गर्न अस्वीकार गरेका छन् । राजभवनबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘टीवीके नेता विजयले राज्यपालसँग भेट गरे । भेटका क्रममा राज्यपालले स्पष्ट गरे कि सरकार गठनका लागि आवश्यक बहुमतको समर्थन अझै प्राप्त भएको छैन ।’

६ मे मा पहिलो पटक भेट गरी पत्र बुझाएपछि पनि सरकार गठनको निम्तो नपाएपछि, विजयले ७ मे मा फेरि राज्यपालसँग भेट गरे । यस पटक उनले भारतीय राष्ट्रिय कांग्रेसका ५ विधायकको समर्थनपत्रसहित सरकार गठनको दाबी पेश गरे । त्यसपछि यो प्रेस विज्ञप्ति जारी गरिएको हो । यस घटनापछि प्रश्न उठ्न थालेको छ-के टीवीके वास्तवमै सरकार बनाउन सक्छ ? यदि सक्दैन भने अर्को सरकार कसरी बन्ने छ ?

टीवीके सरकार बनाउने सम्भावना
टीवीकेले १०८ सिट जितेको छ । तर दुई सिट जितेका विजयले एक सिटबाट राजीनामा दिनुपर्ने भएकाले पार्टीको संख्या १०७ मा झर्नेछ । त्यस अवस्थामा सदनको कुल संख्या २३३ हुनेछ र बहुमतका लागि ११७ विधायकको समर्थन आवश्यक हुनेछ । यदि विधानसभा अध्यक्ष (स्पीकर) टीवीकेबाट भएमा बहुमत पुग्न थप ११ सदस्यको समर्थन चाहिन्छ ।

किनभने कांग्रेसका ५ विधायकको समर्थन निश्चित मानिएको छ, त्यसैले अहिले टीवीकेलाई अझै ६ विधायकको समर्थन आवश्यक छ । यस अवस्थामा दुई–दुई सिट भएका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) र सीपीआईले पनि टीवीकेलाई समर्थन गर्ने संकेत दिएका छन् । भारतीय युनियन मुस्लिम लिग (आईयूएमएल) ले पनि समर्थन दिन सक्ने संकेत दिएको छ । यसरी टीवीकेको संख्या ११९ पुग्न सक्छ, जुन बहुमतभन्दा बढी हो ।

यदि यस्तो समर्थनसहित फेरि सरकार गठनको दाबी पेश गरियो भने राज्यपालले सरकार गठनका लागि आमन्त्रण गर्नुपर्ने हुन सक्छ । यदि अस्थायी सभामुख (स्पीकर) चयन गर्दा एक सदस्यको कमी भयो भने कुनै बाहिरी पार्टीको विधायकलाई अस्थायी स्पीकर बनाउन सकिन्छ । यदि त्यो पनि सम्भव भएन भने कानुनी विज्ञहरूका अनुसार विश्वास मतका लागि उच्च अदालतका मुख्य न्यायाधीशलाई अस्थायी स्पीकर र रिटर्निङ अफिसर नियुक्त गर्न सकिन्छ ।

विजय किन छन् मौन ?
राजनीतिक विश्लेषक राजन कुरई कृष्णनका अनुसार, विजय सबैभन्दा धेरै सिट जित्ने पार्टीका नेता भएकाले सरकार गठनको दाबी गरिरहेका छन् । उनलाई केवल निश्चित समयभित्र बहुमत प्रमाणित गर्नुपर्ने हुन्छ । उनका अनुसार, यदि द्रविड मुनेत्र कडगम (डीएमके) ले मतदानमा भाग लिएन भने टीवीकेलाई बहुमत पुर्‍याउन समस्या हुँदैन ।

तर राज्यपालले स्पष्ट बहुमत नभएसम्म सरकार गठन नगर्ने कुरा गर्नु शक्तिको दुरुपयोग जस्तो देखिन्छ । विश्लेषकहरूका अनुसार विजयले यस विषयमा खुलेर बोल्नुपर्ने हो, तर उनी अहिलेसम्म मिडियासँग पनि खुलेर कुरा गरेका छैनन् । प्रोफेसर राजन कुरई कृष्णनले भनेका छन् कि विजयले अब पत्रकारहरूसँग भेटेर राज्यपालको व्यवहारबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।

त्यस्तै, अन्य विश्लेषकहरूका अनुसार राज्यपालले अवरोध सिर्जना गरिरहेका छन् तर टीवीके त्यसको खुलेर विरोध गर्न हिचकिचाइरहेको देखिन्छ । राज्यसभा सांसद कपिल सिब्बलले पनि राज्यपालको आलोचना गर्दै उनी राजनीतिक प्रभावमा काम गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार राज्यपालले विधेयकहरूलाई अनावश्यक रूपमा रोक्ने गरेको आरोप छ र उनीहरूले सुप्रीम कोर्टका निर्देशन पालना गर्नुपर्ने हुन्छ । यसैबीच कमल हासन लगायत नेताहरूले पनि राज्यपाललाई विजयलाई सरकार गठनका लागि आमन्त्रित गर्न आग्रह गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.