यी देशका अवैतनिक दूतहरू भए पदमुक्त
काठमाडौं : सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १५ अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार युरोप, अमेरिका, अष्ट्रेलियालगायत दशेमा रहेक अवैतनिक दूतहरूलाई सरकारले पदमुक्त गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अमेरिकाको क्यालिफोर्निया, माचाचुसेट्स र सियाटल, अष्ट्रेलियाको एलिलेड, मेलबर्न र सिड्नी, न्यूजील्याण्ड, मलेसियाको क्यालेम भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रोबर्ट सिटी, साइप्रसको निकोसिया, जर्मनीको ब्रेनमेन एन्ड लोअर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टाका अवैतनिक दूतहरू पदमुक्त भएका हुन्।
अवैतनिकसम्बन्धी कानुनअन्तर्गत सम्बन्धित स्थानमा उनीहरूको सेवाको औचित्य नभएको ठहर गर्दै सरकारले पदमुक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !