प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सुन्नुहोस्

प्युठान : प्युठानमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुखी गाउँपालिकाको ठुलाबेंसीस्थित आँखा उपचार केन्द्रमा कार्यरत २५ वर्षीय हेमराज रानामगर रहेका छन्।

प्रहरीका अनुसार ठुलाबेंसीबाट आफ्नो घर अर्खा अर्तुवाङतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र उनको घटनास्थलमै मृत्यु भएको हो। लु ५६ प १५७६ नम्बरको मोटरसाइकल गएराति नै दुर्घटना भए पनि आज बिहान स्थानीयले देखेपछि मात्र प्रहरीलाई खबर गरेका थिए।

स्थानीय प्रहरीले घटस्थललाई सुरक्षित राखेको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी टोलि खटाइएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.