‘कांग्रेस–एमाले सहकार्य तत्काल टुट्दैन’

‘कांग्रेस–एमाले सहकार्य तत्काल टुट्दैन’

धनगढी : नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने समेत बताएका छन्। प्रदेशहरूमा एमाले कांग्रेसको समीकरण टुट्नेबारे चर्चा चलिरहेका बेला धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए। उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए।

मधेस प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको उनले बताए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। ‘हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ,’ उनले भने।

सभापति थापाले गएको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता–कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने बताए। उनले गत फागुन २१ को निर्वाचनमा रुख चिह्ज छाडेर अन्तै भोट हाल्ने नेता–कार्यकर्ता केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी दिए। ‘नेतासँग असन्तुष्टि हुन सक्छ तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाइँदैन’, उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ।’ उनले यसपटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गरे। उनले कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारेका छन् ‘हामी हार्‍यौ भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन,’ उनले भने।

सुशासनका सन्दर्भमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसाल’झैं उभिने उनले बताए। थापाले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सनकको भरमा डोजर चलाउन हुँदैन, उनीहरूको पनि आत्मसम्मान हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.