दुप्चेश्वरमा एकै दिन हजारौं भक्तजन

दुप्चेश्वरमा एकै दिन हजारौं भक्तजन

नुवाकोट : नुवाकोटको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । वैशाख महिनामा साविको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका  छन् ।

 देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा शनिवार, अन्य विदाको दिन, सोमवार तथा विहीवार विशेष भीड लाग्ने गरेको स्थानीयवासीको भनाई छ । दैनिक रुपमा हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगिरहेका छन् । 

nullदुप्चेश्वर धाममा यहि वैशाखको चौंथो शनिवार हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर गापा ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा शनिवार एकै दिन सात हजार भन्दा बढी भक्तजनले दर्शन र पुजाआजा गरेका छन् । पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् । 

हजारौं भक्तजनहरुले एकै दिन लाखौं रुपैंयाँ भेटी चढाउँदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौबाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आगमनमा बढोत्तरी भएसंगै भेटी संकलन पनि बढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाको भनाई छ । 

nullदुप्चेश्वर धाममा छिमेकी मुलुक भारतबाट समेत तीर्थालु आउने गरेका छन् । दुप्चेश्वरमा वैशाखको चौथोे शनिबार एकै दिन तीन लाख रुपैंयाँ भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा शनिवार दुईलाख ९८ हजार तीन सय ६९ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलित भेटीमध्ये मन्दिरमा सन्ध्या आरतीको एक लाख ५५ हजार चार सय ६० रुपैंयाँ र क्युआर कोडमार्फत १४ हजार सात सय ४४ रुपैंयाँ भेटी संकलन भएको छ । 

तीन वर्षदेखि दुप्चेश्वर धामवाट भक्तजनहरुले चढाएको भेटी दैनिक संकलन गरी प्रत्येक दिन बेलुका ५ बजे दुप्चेश्वर धाम परिसरमा सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापूर्वक लागिरहेको छ । 

दुप्चेश्वरामा पछिल्लो समय भक्तजनहरु बढिरहेकाले हजारौं भक्तजनले पुजाआजा गरेका छन् । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुको आगमन वढिरहेको दुप्चेश्वर गापाका भुपेन्द्र केसीको भनाई छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ।

करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिवार सात हजार बढी भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । 
दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइचो वेलुकासम्म नै लागेको थियो । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाईको दूध तथा पशुचौपायाको दाम्लो चढाउने समेत गर्दछन् ।

दुप्चेश्वरमा भक्तजनहरु बढेका कारण भेटी संकलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ बाटोका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम संकलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.