३१ सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस

३१ सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन चलाएर कारबाहीमा परेका चालकहरूको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको छ। 

ट्राफिक प्रहरी कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारबाहीमा परेका चालकहरूको चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यही महिनामात्रै ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाइएको जानकारी दिए।

उनले राइडर सेवाका मोटरसाइकलहरूमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने गरि प्रक्रिया अघि बढाइएको जानकारी दिए। ट्राफिक प्रहरी र आम चालक–सडक प्रयोगकर्ताबीचको गुनासोलाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीको आचरण सुधारका पनि कार्यालय अघि बढिरहेको उनले बताए। 

त्यस्तै प्रमुख अधिकारीले विभिन्न स्थानमा पार्किङ गरेर सडक अस्तव्यस्त भएकाले काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा छोटो दूरीका सवारी छुट्ने व्यवस्था गरिएको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको मर्मत गर्दै ट्राफिक व्यवस्थापन र कारबाही प्रक्रियालाई थप सशक्त रूपमा अगाडि बढाउँदै अगाडि लगिएको उनले बताए। 

उनले मुलुकमा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी कारण चालकको लापरबाही देखिएको उल्लेख गरे। ट्राफिक प्रहरी कार्यालयले आइतबार नै काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.