‘बालेन र रवि फुट्छन् कि भनेर मुख नमिठ्याए हुन्छ’
काठमाडौं : नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफू फुट्छन् कि भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् ।
जावलखेलस्थित स्टाफ कलेजमा हिजोदेखि शुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले मिल्नु पर्ने राजनीतिक दल र नेता मिल्न नसकेकै कारण नेपाल ७० वर्ष पछि परेको बताउँदै बालेन र आफूबीच यस्तो नहुने बताए ।
उनले आफूहरु देशको भविष्य बनाउने शर्त र लक्ष्यका साथ अगाडि बढेको पनि बताए । सभापति लामिछानेले पार्टीका केहि नेताहरुले बाहिर ‘म यता र उता’ भनेर बोलेकै कारण मन्त्री नबनेको समेत खुलासा गरे ।
प्रतिक्रिया दिनुहोस !